डाेटी, असोज २५
देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशहरूमा मौसम सफा रहने अनुमान गरिएको छ।
त्यस्तै कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति भने देशभर मौसम मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ।











