सिलगढी/जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र देशका बाँकी भागमा मुख्यतया सफा मौसम रहने विभागले जनाएको छ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना पनि रहेको छ।
त्यस्तै, आज राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी इलाकामा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य प्रदेशका अधिकांश भागमा मौसम खुला रहने विभागले जानकारी दिएको छ।











