
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट एक युवक र युवतीलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बेदकोट नगरपालिका–२ बस्ने १९ वर्षीया पुष्पा जोशी र २२ वर्षीय सुरज बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ३ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त लागूऔषधसहित दुबै जनालाई लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरूमाथि हाल थप अनुसन्धान भइरहेको छ ।