अछाम – मेल्लेख गाउँपालिका–१ ऋषिदहको वडा कार्यालयमा तोडफोडको घटना घटेको छ। सोमवार राति स्थानीय युवाहरूको समूहले कार्यालयमा तोडफोड गरेपछि वडा अध्यक्ष दिलबहादुर धामीले क्षति भएको जानकारी दिनुभयो।
अछाम प्रहरीले वडा कार्यालय तोडफोडमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा परेका युवाहरूको उमेर २० देखि २४ वर्षको रहेको बताइए पनि उनीहरूको नाम र अन्य विवरण खुलाइएको छैन। प्रहरीले घटनाको थप विवरण आउन बाँकी रहेको जानकारी दिएको छ।
वडा अध्यक्ष धामीका अनुसार, कार्यालयमा रहेका चारवटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेट राउटर, कुर्सी लगायतका सामग्री तोडफोड गरिएको छ भने सम्पूर्ण कागजातहरू च्यातेर नष्ट गरिएको छ।











