बैतडी /बैतडीकाे दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खस्दा महाकाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार सडकमाथिबाट खसेको पहिरोले राजमार्ग ठप्प भएको छ।
राजमार्ग अवरुद्ध भएपछि दार्चुलातर्फ जाने र फर्किने गाडीहरू बीच बाटोमा रोकिएका छन्। राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायहरूसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिएका छन्।
यसअघि पनि मङ्गलबार पहिरोका कारण उक्त राजमार्ग केही समयका लागि अवरुद्ध भएको थियो।











