डोटी / डोटी जिल्लाको सायल गाउँपालिका–३ साप्रा स्थित फगालाको भिर नजिकको खोल्सोमा एक पुरुषको वेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार आइतबार दिउँसो करिब २ बजेतिर खोल्सोमा घोप्टो अवस्थामा किरा परी कुहिएको अवस्थामा शव भेटिएको हो। मृतकको परिचय हालसम्म खुल्न सकेको छैन।
प्रहरीका अनुसार मृतकको वर्ण कल्साउलो, कपाल कालो, उचाइ करिब ५ फिट ५ इन्च, शरीर पातलो रहेको छ। उनकाे उमेर करिब ३५ देखि ४० वर्षको बीचमा अनुमान गरिएको छ। मृतकले हरियो खुईलिएको स्विटर, भित्र सर्ट र निलो टिसर्ट, खैरो पाइन्ट र खरानी रंगको ट्राउजर लगाएका थिए।
शवको पहिचानका लागि प्रहरीले सूचना सार्वजनिक गर्दै चिन्न सक्ने जो–कसैलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय डोटीमा सम्पर्क गर्न अनुरोध गरेको छ।
संपर्क नं.: ९८५८४२०१९९ (सूचना अधिकारी) र ९८५८४४०४४७ (सञ्चार शाखा)।











