
काठमाडौ /काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट गरेको आरोपमा नेपाली सेनाले २१ जनालाई नियन्त्रणमा लिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न भएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
त्यस्तै, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाटमा संलग्न थप पाँच जनालाई पनि सेनाले पक्राउ गरेको जनाएको छ। सेनाले पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।