युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी । मौसममा आएको परिवर्तनसँगै जिल्लाका विभिन्न गाउँ–गाउँमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्।

शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराका अनुसार हालका दिनमा ज्वरोका बिरामी उल्लेख्य रूपमा वृद्धि भएका छन्। रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैलले पनि उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिएको बताए।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख प्रेमसागर भट्टका अनुसार दैनिक झण्डै ७० जना बिरामी आउने गरेका छन्, जसको आधाजति ज्वरोका बिरामी हुन्छन्।

जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार अस्पतालमा पनि दैनिक ४० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। उनका अनुसार डेङ्गी र स्क्रबटाइफसका बिरामी पनि अस्पतालमा उपचारका लागि आउने गरेका छन्।

स्वास्थ्यकर्मीका अनुसार भाइरल ज्वरो भएका बिरामीमा ज्वरो बढ्ने, चिसो लाग्ने, हल्का खोकी, घाँटी दुख्ने, हाँच्छिउँ आउने, नाकबाट पानी झर्ने, टाउको र शरीर दुख्ने, हाडजोर्नी पीडा हुने लक्षण देखिन्छ।

संक्रमण बढेसँगै पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन र सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय