शुशिला पन्त, डोटी
सुदुरपश्चिमको प्रशिध्द मानिने गौरा पर्व आआफ्नो परम्परा अनुसार मनाउने र गौरा विसर्जन गर्ने प्रकृया चलि रहेको छ । यसै क्रममा डोटीमा प्रशिध्द मानिने फलेडीको गौरा भोलि बुधवार सेलाउने कार्यक्रम रहेको वताईएको छ ।
जिल्लाको केआईसिह गाँउपालिका वडा नं ६ फलेडीमा विधि पुर्वक भित्राई पुजाआजा गरि राखिएको गौरा देविलाई भोलि बुधवार विधिपुर्वक समापन गर्ने कार्यक्रम तय भएको श्रीमष्टा देवता क्षेत्र विकास समितिका अध्यक्ष पदमराज जैसीले बताए ।
उक्त क्षेत्रको गौरासेलाउने दिनमा स्थानिय स्तरमा मेला नै लाग्ने गरेको र मेला भर्न र गौरा देविको दर्शन गर्न छिमेकी पालिका संगै छिमेकी जिल्ला अछाम डडेल्धुरा देखि भक्तजनहरु आउने गरेको स्थानिय राम जैसीले बताए ।
बुधबार विहान, भारि खेल, तुलसा खेल्ने, दिउसो कालीगौरा ल्याउने, देउडा खेल्ने र साझ गौरा देवि विधिवत रुपमा सेलाउने कार्यक्रम तय भएको मष्टादेवताका मुल पुजारी परमानन्द जोशीले बताए । त्यसै गौराको अबशरमा आज मंगलवार देउडे कलाकारहरुका विचमा देउडा घम्साघम्सी हुने स्थानिय गणेश भट्टले बताए ।











