अछाम /अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा महिनावारी बारेर खेतबारीमा त्रिपाल टाँगेर सुतिरहेका दुई जनाको ढुङ्गा लागी मृत्यु भएको छ।
बुधबार राति खेतबारीमा त्रिपालमुनि सुतेका ७ वर्षीया कविता भण्डारी र ३५ वर्षीया निम खनाललाई खसेको ढुङ्गा लाग्दा दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सोही त्रिपालमुनि सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी भने घाइते भएकी छन्। उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ।
महिनावारी बारेर घरभन्दा बाहिर सुतेका खनाल र भण्डारी माइतीघरमा आएको बेला खेतबारीमै बसिरहेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











