डोटी / जिल्ला अस्पताल डोटीको कोरोना प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा उक्त प्रयोगशालामा नयाँ २ सय १२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको उक्त प्रयोगशालाले जनाएको छ ।
शुक्रबार संक्रमण पुष्टि भएका सबै अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिकाका रहेको छन् । त्यस मध्येमा ७ पुरुष र ८ महिला रहेको बताईएको छ ।