कैेलाली / सुदुरपश्चिमको अस्थायी राजधानी समेत रहेको कैलाली जिल्लामा एक महिला पत्रकार जंगलमा मृत अबस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको रेडियो कैलाली एफएममा कार्यरत २३ बर्षिया निर्मला पहराइ मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
भाद्र ३१ गते देखी सम्पर्क विहिन बनेकी पहराइका आफन्तले असोज १ गतेका दिन प्रहरीलाई जानकारी दिएको थियो । सोहि जानकारीका आधारमा प्रहरीले सर्च अप्रेशन चलाउदा पहराइको शब सोहि नगरपालिकाको वडा नं. ५ मा रहेको जंगलमा फेला परेको हो । एमएममा समाचार बाचिको जंगलको बिचमा शब फेला परेपछि प्रहरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको सुखड प्रहरीले जनाएको छ ।