युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली । थारू समुदायको महत्वपूर्ण पर्व अटवारी नजिकिँदै गर्दा पश्चिम तराईका गाउँबस्तीमा चहलपहल बढेको छ। श्रीकृष्ण जन्माष्टमीपछि दोश्रो आइतबार मनाइने यो पर्वका लागि आवश्यक सामग्री संकलन सुरु भएको हो।

पर्वमा विशेष गरी अनदी धानको चामल प्रयोग हुने भएकाले गाउँलेहरू टाढाटाढासम्म पुगेर खाद्यान्न खोज्ने वा साटासाट गर्ने परम्परा रहिआएको छ। यसै क्रममा घर–आँगन सरसफाइदेखि दुना–टपरी बनाउन र सामूहिक छलफलमार्फत जिम्मेवारी बाँडफाँड गर्न थारू परिवार व्यस्त देखिन्छन्।

अघिल्लो दिन व्रतालुहरू आधा दिन निराहार बस्ने, नदी–पोखरीमा स्नान गर्ने र पूजा गर्ने चलन छ। त्यसपछि घरमा पकाइएका परिकार र फलफूलमध्ये केही अंश विवाहित छोरीलाई ‘अग्रासन’ अर्थात् कोसेली पठाएपछि मात्र दर खाने परम्परा छ।

दोस्रो दिन बिहानै स्नान गरेर गुइँठाको आगोमा ध्यू र सल्ला बालेर पूजा गरिन्छ। धार्मिक अनुष्ठान पूरा भएपछि मात्र परिवारले अनदीको चामलको भात, रोटी, सुकेको माछा, सिद्रा, फुलौरी लगायतका परिकार चाख्छन्।

इतिहास र जनश्रुतिअनुसार पाण्डव भीमले थारू राजा दङ्गीशरणलाई संकटमा सहयोग गरेको स्मरणमा यो पर्व मनाउने परम्परा सुरु भएको हो। अहिले यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङका थारू बस्तीहरूमा उत्साहसहित मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय