युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / सुदूरपश्चिमेली समाजका मौलिक पर्वहरूमध्ये ओल्के संक्रान्ति विशेष महत्व बोकेको छ। भदौ १ गते मनाइने यो पर्वलाई स्थानीय भाषामा ओल्को भनिने सम्मान–कोसेलीसँग जोडिएको छ। ओल्को भन्नाले ठूला–बडालाई फलफूल, सागपात वा अन्य खाद्यवस्तु चढाउने परम्परा बुझिन्छ। यसरी दिइने उपहार केवल खानेकुरा वा वस्तुको आदानप्रदान मात्र होइन, सांस्कृतिक सम्मान, आत्मीयता र आपसी सम्बन्ध सुदृढीकरणको प्रतीक हो।

मध्यकालीन डोटी राज्यसम्म पुग्दा ओल्केको परम्परा देखिन्छ। गाउँका प्रतिनिधि मुखियादेखि राजा स्वयंले देवालयमा अन्न वा खाद्यवस्तु चढाउने र वर पाउने चलन थियो। चौमासे वर्षामा दुर्गम गाउँहरू आपसी सम्पर्कविहीन हुने भएकाले आफन्तलाई सम्झना दिलाउने माध्यमका रूपमा उपहार पठाइन्थ्यो। यही व्यवहार नै ओल्के संक्रान्तिको सांस्कृतिक जड मानिन्छ।

यस दिन बिहानै नुहाइधुवाइ गरी मान्यजनलाई भेटघाट गर्न कोसेली पठाइन्छ। फलफूल, अन्न, दूध, दही, घिउदेखि लिएर अचेल कपडा वा पैसा समेत उपहार दिने चलन छ। देवालयमा पहिलो उत्पादन चढाउने र घरघरमा बाँड्ने प्रक्रिया समाजलाई परस्पर निर्भरता र सामूहिकताको अभ्यास गराउँछ।

हमाली ( पिङ) पनि खेलिने
बाबियाेलाई बाटेर बनाएकाे एउटा माेटाे रसीकाे प्रतिरूपलाई स्थानीय भाषामा हमाली भनिन्छ । कतिपय क्षेत्रमा पिङ दशैमा खेलिने भएपनि तर सुदुरपश्चिमका धेरै क्षेत्रमा ओल्के पर्वमा खेलिन्छ । ओल्के
पर्वलाई भदाैँरे तिहार अथवा हमाली खेल्ने तिहार पनि भनिन्छ । बाबियाे बाटेर रूखकाे हाँगोमा हमाली हालेर सम्पूर्ण छरछिमेकमा रहेका व्यक्तिहरू खेल्ने गर्छन् । वर्खाकाे समयमा एकदिन फूर्सदिलाे दिन हामालीमा खुट्टा राख्ने पर्ने मान्नेता परापूर्व कालदेखि रहेकाे स्थानीय स्रेातकाे भनाइ छ ।

गाउँगाउँमा सबै मिलेर “बूढी हाल्ने” परम्परा पनि चल्छ। रूखका हाँगा–विँगा जम्मा गरी थुप्रो बनाई असोज संक्रान्तिमा सामूहिक रूपमा पोलिन्छ। यसलाई राक्षसी पुतना दहनसँग जोडिएको पौराणिक कथासँग सम्बन्धित गरिन्छ। विश्वास गरिन्छ— यसरी बूढी पोल्दा रोगव्याधि टर्छन् र अन्नबाली राम्रो हुन्छ।

स्थानीय जनविश्वासअनुसार ओल्के संक्रान्तिताका सात दिन सात रातसम्म लगातार झरी पर्छ, जसलाई सतरती भनिन्छ। पहाडका खोलानाला समुद्रलाई समेत ओल्को दिन जान्छन् भन्ने प्रतीकात्मक आख्यान प्रचलित छ। प्रकृति यसै बेला हरियालीले ढाकिन्छ, नयाँ वनस्पति उम्छन्, मुहान फुट्छन् र बर्खापछि पृथ्वी पुनः कञ्चन बन्छे। यसकारण यो पर्वलाई नयाँ सुरुवात र आशाको प्रतीक मानिन्छ।

पुरानो समयमा ओल्को दिने कार्य सामाजिक तहमा माथिल्लो जात वा उच्च वर्गलाई मात्रै केन्द्रित गरिएको पाइन्छ। तर अहिलेको समाजमा यो व्याख्या परिवर्तन हुँदैछ। अब ओल्को केवल कोसेली होइन, सबैबीच आपसी मित्रता, समानता र सद्भाव बलियो बनाउने साझा पर्व बनेको छ।

कुमाउँ क्षेत्रमा यो पर्वलाई घिउ तिहार भनिन्छ, जहाँ घिउ खानै पर्ने मान्यता छ। कतैकतै देवता चतुर्मासमा कैलाश गएको सम्झनामा देवस्थलमा बत्ती बाल्ने परम्परा पनि छ। यसरी फरक–फरक क्षेत्रमा फरक नाम र व्यवहार भए पनि यसको मूल भाव भने एकै हो — उपहारमार्फत सम्बन्धलाई नजिक बनाउनु।

आजको परिवेशमा ओल्के संक्रान्ति केवल धार्मिक वा परम्परागत चाड मात्र नभई सामाजिक–सांस्कृतिक एकताको पर्व बनेको छ। परिवार, छिमेकी, गाउँ र समाजबीच आत्मीयता कायम गर्ने, उत्पादन र श्रमको आदानप्रदान गर्ने अवसरका रूपमा यसको महत्व अझ बढ्दै गएको छ।

ओल्के संक्रान्ति सुदूरपश्चिमेली जीवनको संस्कार, संस्कृति र सामूहिक चेतनासँग गहिरो रूपमा गाँसिएको पर्व हो। उपहार दिने परम्पराले ठूलो–सानोबीचको सम्बन्धलाई मजबुत बनाउँछ भने बूढी हाल्ने–पोल्ने चलनले सामूहिक सहभागिता र ऐतिहासिक–पौराणिक चेतना जीवित राख्छ। प्रकृतिको पुनरुत्थानसँग मेल खाने यो पर्वले नयाँ सुरुवात, आशा र आत्मीयताको सन्देश दिन्छ। यसैले ओल्के संक्रान्ति केवल चाड मात्र होइन, जीवनशैली र सामाजिक सहअस्तित्वको उत्सव पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय