अछाम /अछामको साँफेबगर नगरपालिका–१ ग्वालेकोटमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका सानु दमाईका ११ वर्षीय छोरा सक्षम परीयार रहेका छन्। प्रहरीका अनुसार बुढीगंगा नदी किनारामा ढुङ्गा–गिठ्ठी निकाल्दा बनेको खाल्डोमा पानी जमेको थियो। शुक्रबार खेल्ने क्रममा उनी त्यहीँ डुबेका हुन्।
इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा परीयारलाई उद्धार गरी उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको थियो। तर चिकित्सकले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।











