अछाम — चौरपाटी गाउँपालिका–७ स्थित मार्कूमा रहेको एक कच्ची भान्साघरमा आगलागी हुँदा झण्डै दुई लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय स्रोतका अनुसार, विद्युत सर्ट भएको कारण आगलागी भएको हो। आगोले भान्साघर, भित्र रहेका सरसामान र केही नगद समेत जलेर नष्ट भएका छन्।
घटनास्थलमा प्रहरी बरिष्ठ हवल्दारको नेतृत्वमा दुई जना प्रहरी टोली खटिएको अछाम प्रहरीले जनाएको छ।
आगलागीबाट जनधन वा पशुचौपायामा भने कुनै क्षति नभएको प्रहरीको भनाइ छ।











