युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू थाकेका छैनन्, गलेका छैनन् भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई पनि मनोबल नघटाउन सन्देश दिएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपसभापति डोलप्रसाद अर्यालले भैरहवा कारागारमा रहेका सभापति लामिछानेको सन्देश सञ्चारकर्मीहरूलाई सुनाएका हुन्।

“म थाकेको छैन, म गलेको छैन, म गल्दिनँ। त्यसैले तपाईंहरूलाई पनि गल्ने छुट छैन,” अर्यालले सभापतिको भनाइ उद्धृत गर्दै भने।

सभापतिले जनताको विश्वास र आशालाई निराशामा परिणत हुन नदिन आग्रह गर्दै पार्टीलाई एकढिक्का बनाइराख्न, संगठन विस्तारमा लाग्न र विदेशमा रहेका शुभचिन्तकहरूको भावना बुझ्न सुझाव दिएका उनले बताए।

सञ्चारमाध्यमहरूमा आएका सबै सांसदले लामिछानेलाई भेट्न नपाएको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै उपसभापति अर्यालले त्यसमा सत्यता नरहेको बताए। “हामीले कुनै शक्ति प्रयोग गरेका होइनौं, सर्वसाधारणझैँ प्रक्रिया पुर्‍याएर मात्र भेट गरेका हौं,” उनले भने। उनका अनुसार विशेष कारणले तीन जना बाहेक सबै सांसदले लामिछानेलाई भेटेका छन्।

रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानबारे उनले बोले, “यो अभियान अन्यायमा परेका एक नागरिकको पक्षमा ऐक्यबद्धता जनाउन सुरु गरिएको हो।” नागरिकबीच पुग्दा उत्साहजनक समर्थन प्राप्त भएको उनको भनाइ थियो।

साथै, अर्यालले संसद बैठकअघि काठमाडौंमा संसदीय दलको बैठक बस्ने र त्यस बैठकमा संसदमा प्रस्तुत हुने रणनीति तय गरिने जानकारी पनि दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय