अछाम – अछामको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर एक मिस्त्रीको ज्यान गएको छ। सोमवार बिहान वडा स्तरीय दलित सञ्जालको भवन मर्मतका क्रममा ४५ वर्षीय वीरे साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वडा अध्यक्ष संजु थापाका अनुसार वडा कार्यालय नजिकै मर्मत भइरहेको भवनमा पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा साउँदले विद्युतको मेन लाइन छोएपछि उनलाई करेन्ट लागेको थियो। घटनाका बेला वर्षा भइरहेकाले जोखिम बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।











