काठमाडौँ, असार ४। राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) अनुसार बुधवार प्रमाणीकरण गरिएको हो।
सङ्घीय संसद्का दुवै सदनबाट पारित भइसकेपछि संसद् सचिवालयमार्फत विधेयक राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेश गरिएको थियो। राष्ट्रिय सभाबाट उत्पत्ति भएको उक्त विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भएको हो।











