युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिल्गढी असार १ – आज दिउँसो र राति देशभर आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।

रातिको पूर्वानुमान अनुसार पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कोशी, मधेश, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा रातिको समयमा पनि वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हालको अवस्थाः हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव पारिरहेको छ।

देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहेको छ भने बाँकी भूभागमा मुख्यतया सफा वा आंशिक बदली देखिएको छ।

सावधानीका लागि सुझावः भारी वर्षाको सम्भावना रहेको स्थानहरूमा पहिरो, बाढी र सडक अबरुद्धजस्ता जोखिम हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय