अछाम — जबरजस्तीकरणी मुद्दामा फरार रहेका प्रतिवादी अछाममा पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुर्माखाँद गाउँपालिका–१, रहफ निवासी अन्दाजी २० वर्षीय मनबिर शाही रहेका छन्।
शाही जबरजस्तीकरणी कसुरअन्तर्गत दर्ता भएको मुद्दामा अनुसन्धानका क्रममा फरार रहेका थिए। उनलाई सोमवार प्रहरी चौकी रहफ अछामबाट प्रहरी सहायक निरीक्षक उत्तम सिंह कार्कीको कमाण्डमा नियन्त्रणमा लिइएको हो।
हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।











