डोटी, २०८२ जेठ २५— डोटी जिल्लाको जोरायल गाउँपालिका–१ पोखरीडाँडामा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनमेा मोटरसाइकल चालक अछाम मेल्लेख गाउँपालिका–३ ठाँटीका २३ वर्षीय प्रकाश साउँद र पछाडि सवार उनकी २२ वर्षीया श्रीमती सन्ध्या साउँद रहेकी छन् । घाइते दुवै जनालाई थप उपचारका लागि धनगढी, कैलाली पठाइएको प्रहरी चौकी घण्टेश्वरले जनाएको छ।
आज (आइतबार ) दिउँसो दिउँसो करिब १ः१५ बजे भिमदत्त राजमार्गमा धनगढीबाट गैरा तर्फ जाँदै गरेको बा.प्र. ०१–०३० च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको लु. ४० प. २८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पदम सिंह बडालको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो।
दुबै सवारी साधन र कार चालक कार चालक कैलाली धनगढी उपमहानगरपालिका–३ चटकपुरका २३ वर्षीय सुरेन्द्र पाललाई प्रहरी नियन्त्रणमा रहेका छन् भने सडक यातायात भने सामान्य रहेको छ।











