
सिलगढी /डोटी जिल्लाको शिखर नगरपालिका वडा नं. ६ कोट गाउँमा आगलागी हुँदा घर तथा घरभित्र रहेका सामाग्रीमा ठूलो क्षति भएको छ।
आज ( शनिबार ) दिउँसो करिब २ः४० बजे साेही ठाउँ गणेश बहादुर बलायरको दुईतले ढुङ्गा–माटोले बनेको तथा स्लेटले छाएको घरमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।
आगलागीबाट घरको माथिल्लो तलाको एक कोठामा रहेका लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, काठका फर्निचर तथा एलइडि टिभी जलेर नष्ट भएको छ। आगलागीबाट घरमा आंशिक क्षति पुगेको र अनुमानित १ लाख पचास हजार बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तर घटनामा कुनै पनि मानवीय वा चौपायाको क्षति नभएको प्रहरीको भनाइ छ।
प्रहरी हवल्दार टिका महराको कमाण्डमा खटिएको चार जनाको प्रहरी टोली र स्थानीय बासिन्दाहरूको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।