
अछाम — बहुविवाह मुद्दामा दोषी ठहर भएका एक व्यक्ति अछाममा पक्राउ परेका छन्। मंगलसेन नगरपालिका–कालागाउँका २८ वर्षीय रमेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय अछामले शुक्रबार पक्राउ गरेको हो।
जिल्ला अदालत, अछामबाट भण्डारीलाई बहुविवाह मुद्दामा १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। उनी अदालतबाट दोषी ठहर भएपनि फरार रहँदै आएका थिए।
प्रहरीका अनुसार भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि हिरासतमा लिइएको छ।