
सिलगढी / गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले शुक्रबार उक्त रिट दायर गरेकी हुन्। अब रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्नेछ।
हाल भिजिट भिसाको नाममा विदेश पठाउने गिरोह र त्यसमा गृह मन्त्रालयको संलग्नता रहेको विषयले व्यापक चर्चा पाएको छ। अनुसन्धानमा भिसा लिने नेपालीहरूसँग ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुलिएको खुलेको छ।
गृह मन्त्रालयकै छातामुनि यस्तो गिरोह सक्रिय भएको आरोप लागेपछि गृहमन्त्री लेखकको संलग्नताबारे समेत प्रश्न उठिरहेका छन्। यही सन्दर्भमा लेखकको राजीनामाको माग गर्दै सर्वोच्चमा रिट हालेको हो।