बैतडी — घाँस काट्न गएकी एक आमाको भिरबाट लडेर मृत्यु भएपछि उनको ६ महिनाको शिशु बिचल्लीमा परेका छन्।
जिल्लाको सूर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहरा शुक्रवार बिहान करिब ९ बजे भालुपण एकलकट्टा भन्ने स्थानमा घाँस काट्ने क्रममा करिब डेढ सय मिटर तल भिरबाट लडेर घटनास्थलमै ज्यान गुमाएकी हुन्।
वडा–८ का अध्यक्ष भानबहादुर बोहराका अनुसार, मृतक सरिताका दुई सन्तान छन् — एक सात वर्षीय छोरा र अर्का ६ महिनाका ।
उनी दुई वर्षअघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन्।











